Parichaya
 
कार्यक्रमहरू
.
.
.
 
 
सिद्धान्त

नेपाल परिवार दलको आधारभूत सिद्धान्त

व्यक्ति/व्यक्ति, स्‍त्री/पुरुष, परिवारपरिवारको व्यवहार व्यवस्थापन नै सुशासनको नमुना तथा समाज राष्‍ट्रको संरचनात्मक एकाइ हो भन्‍ने कुरामा नेपाल परिवार दल विश्‍वास राख्दछ। प्रत्येक व्यक्ति परिवारमा विकास गरिने सबैभन्दा महत्त्वपूर्ण चरित्र भनेको हामी फ्नो लागि भन्दा अरूको लागि बाच्नुपर्दछ भन्‍ने हृदयभावको अङ्कुरण गर्नु हो। अतः समुदाय, भावी सङ्घीय एवं प्रदेशिय नेतृत्व गर्ने वर्गमा सबै नागरिक जनताप्रति पितृमातृहृदय हुनुपर्दछ भन्‍ने यो दलको सिद्धान्त रहेको छ। कुनै पनि जननिर्वाचित सरकारको सही अर्थ तथा वैधानिकता त्यस बेला कायम हुन्छ, जब सरकारले जनतालाई न्यूनतम आधारभूत आवश्यकताहरू पुर्‍याउन सक्‍ने क्षमता राख्दछ। यस अर्थमा नेपाल परिवार दलको सिद्धान्त मुलुकमा सदैव सुशासन कायम राख्‍ने, नागरिकनागरिकबीच सद्‍भाव, शान्ति, प्रेम एवं अहिंसालाई अभिवृद्धि गर्ने रहेको छ। यो दलको मूल दर्शन आध्यात्मिकवाद भौतिकवादबीचको प्राकृतिक सन्तुलन कायम गर्दै, क्षमा, साँचो प्रेम एकतामा आधारित रही असल समाजको सिर्जना गर्ने, विश्‍वका सबै धर्म, जात, वर्ग, पेशा क्षेत्रका नागरिकहरूसँग मित्रवत् व्यवहार गर्ने रहेको छ। यो दल तीन प्राथमिक कर्ताहरू सच्‍चा शिक्षक, सच्‍चा अभिभावक तथा सच्‍चा स्वामी (मालिक) को सिद्धान्तलाई अवलम्बन गर्दछ।

 

संविधानसा निर्वाचनमा नेपाल परिवार दलले किन समानुपातिकमा मात्र आना उम्मेदवारहरू उठायो ?